काठमाडौंको मीनभवनमा एकापसमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार ०६:२१


काठमाडाैं, माघ ४ ।
काठमाडौं महानगरपालिकाको मीनभवनमा एकापसमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको र तीनकुनेबाट बानेश्वरतर्फ जाँदै गरेकाे दुई वटा मोटरसाइकल आज शुक्रबार बिहान पौने ६ बजे सिभिल अस्पतालनजिकै दुर्घटनामा परी दुई जना घाइते भएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ ।

घाइते भएका दुबै जनालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको वृत्तले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....