ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा बिजुली कटौती

प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार ०५:४२


काठमाडाैं, माघ ४ ।
नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज शुक्रबार साढे ६ घण्टासम्म बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान साढे ९ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणकाअनुसार पुल्चोक वितरण केन्द्रको पुल्चोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार स्क्वायर, बंगलामुखी, शंखमूल, पाटनढोका, मंगलबजारलगायत क्षेत्रमा बिजुली कटौती हुने भएको हो ।

बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचनासमेत गरेको छ ।

तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समय सीमाभन्दा पहिल्यै बिजुली आपूर्ति हुन सक्ने जारी सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....