लुम्बिनी सेरामिक्सद्वारा शेयर निष्काशनका लागि नबिल इन्भेष्टमेण्ट नियुक्त

प्रकाशित मिति: २० माघ २०८१, आईतवार १७:१८


काठमाडौं, माघ २० ।
लुम्बिनी सेरामिक्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

लामिनार टाईल्स नेपालको पहिलो र एक मात्र सत् प्रतिशत भिट्रीफाईड टाईल्स हो, जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेडअन्तर्गत पर्दछ । लामिनार टाईल्स् नेपाली उपभोक्ताहरूका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्ने, विविध विकल्पहरू प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्सहरू उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन सुरु गरिएको हो । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ ।

सो सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बेलायतका राजकुमार र श्रीमती आज नेपाल भ्रमणमा आउने, भक्तपुर र पाेखरा घुम्ने कार्यक्रम

काठमाडाैं, माघ २२ । बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित आज मंगलबार नेपाल भ्रमणमा आउने भएका.....