पूर्णतः नयाँ डिजाइन र ठूलाे ब्याट्री प्याकमा टाटा नेक्सन ईभीकाे नेक्सन केथ्री डट ईभी भव्य रूपमा सार्वजनिक
काठमाडाैं, माघ २० ।
टाटा नेक्सन ईभीको नयाँ भर्सन नेक्सन केथ्री डट ईभी आज आइतबार काठमाडाैंकाे गैह्रीधारास्थित सिल्भर ओक ईभेन्टमा एक भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएकाे छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ (प्रा.) लि.ले नेक्सन केथ्री नेपालमा सार्वजनिक भएकाे घोषणा गरेको हो ।
पूर्णतः नयाँ डिजाइन र ठूलो ब्याट्री प्याकमा सार्वजनिक भएकाे उक्त नेक्सन केथ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । मूल्य सार्वजनिक गरेसँगै सिप्रदीले आइतबारबाटै नेक्सन केथ्रीको बुकिङसमेत खुला गरेको छ । प्यानारोमिक सनरुफदेखि ३६० डिग्री क्यामरासम्मका विशेषता उपलब्ध रहेको नयाँ नेक्सन केथ्री निकै आकर्षक डिजाइनमा आएको छ भने नेक्सन केथ्रीमा ४५ किलोवाट आवरको ब्याट्री प्याकसमेत रहेको छ ।
नेक्सन केथ्रीमा ९८ किलोवाट पिकपावरको मोटर रहेको छ भने यसको अधिकतम पावर १ सय ४८ बीएचपीसम्म रहेकाे छ भने यसले २ सय १५ एनएम टर्क जेनेरेट गर्छ । लिथियम आयन ब्याट्री भएको नेक्सन केथ्री ७.२ किलोवाटको एसी चार्जरले साढे ६ घण्टामा १० देखि १ सय प्रतिशत र ६० किलोवाटको डीसीले १० देखि १ सय प्रतिशत चार्ज हुन ४० मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
नेक्सन केथ्रीमा ४ लेवलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम रहेको छ । यो विद्युतीय एसयूभीले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ८.९ सेकेण्टमा तय गर्नसक्ने क्षमता रहेकाे छ । एआरएआई सर्टिफाइड रेञ्ज ४ सय ८० किलोमिटर रहे तापनि रियल वर्ल्डमा नेक्सन केथ्री ईएलआरले ३ सय ५० किलोमिटरभन्दा बढी रेञ्ज दिने अनुमान गरिएको छ । सिप्रदीले यसलाई काठमाडौं उपत्यका, तराईको समथर सडक र पहाडी बाटाेमा परीक्षण गरिरहेको छ ।
३ सय ५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्रीको ग्राउण्ड क्लियरेन्स १ सय ९० एमएम रहेको छ भने यो विद्युतीय एसयूभीको ह्वीलबेस २४ सय ९८ एमएम रहेको छ । सुरक्षामा नेक्सन केथ्री पनि अब्बल साबित भएको छ । भारत एनसीएपीमा नेक्सन केथ्रीले फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । नेक्सन केथ्रीको मूल्य सार्वजनिक गरेर बुकिङ खुलाएको सिप्रदीले केही दिनबाटै उक्त विद्युतीय एसयूभीको औपचारिक बिक्रीसमेत सुरु गर्ने तयारी रहेकाे साेहि कार्यक्रममार्फत् जानकारी गराएकाे छ ।
३० किलोवाट आवर ब्याट्रीबाट आफ्नो उत्पादन बजारमा ल्याएको नेक्सनले ४५ किलोवाट आवर क्षमतामा पुर्याएको छ । सुरुमा सार्वजनिक गरिएको गाडीले २४० देखि २६० किमिसम्म रेञ्ज दिने गरेकोमा अहिले कम्तीमा ३२५ दिने सिप्रदीले जनाएको छ ।
नेपाली बजारमा ठूलो ब्याट्री रेञ्जका गाडी भित्रिएसँगै कम्पनीले प्रतिस्पर्धा गर्नका लागि ब्याट्रीको क्षमता र नयाँ फिचर्स थपेर नेपालमा सार्वजनिक गरेकाे हाे । ९८ किलोवाट मोटर ब्याट्री भएको गाडीमा ४५ किलोवाट आवरको ब्याट्रीसमेत रहेको छ ।
२०७८ श्रावणमा पहिलो पटक काठमाडौंमा सार्वजनिक गरिएको थियो । नेपाली सडकमा सबैभन्दा बढी कुड्ने एसयूभीमा नेक्सन ईभी पर्दछ । नयाँ ल्याइएको गाडीमा ३ वटा ड्राइभिङ मोडहरू रहेका छन् । हाल ४८ लाख ९९ हजारमा बुकिङ गरिरहेको गाडी फेब्रुअरी अन्तिमबाट डेलिभरी दिने कम्पनीको तीब्र तयारीसमेत रहेकाे जनाएकाे छ ।
सार्वजनिक गरिएकाे उक्त गाडीमा ४ तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि उपलब्ध रहेकाे छ भने गाडीको ग्राउण्ड क्लियरेन्स १९० एमएम रहेकाे छ । बुट स्पेर ३५० लिटर रहेकाे छ । भारत एनक्याप सुरक्षा रेटिङमा फाइभ स्टार पाएको छ ।
प्रतिक्रिया