सन नेपालद्वारा बीमा अभिकर्ता तथा व्यवस्थापकहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २० माघ २०८१, आईतवार १७:५०


काठमाडौं, माघ २० ।
सन नेपालले आफ्नो बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रियस्तरको AML/CFT (Anti-Money Laundering & Combating the Financing of Terrorism) अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ १८ गते काठमाडौंस्थित अमृत भोग क्याटरिङ्गमा आयोजना गरिएको थियो । जसमा २०० जनाभन्दा बढी अभिकर्ता र शाखा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत (CEO) राजकुमार अर्यालले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, उद्योगका वर्तमान प्रवृत्तिहरू र व्यावसायिक नैतिकतासम्बन्धी मार्गदर्शन प्रदान गरेका थिए । साथै, उनले सम्पत्ति शुद्धिकरण (AML) तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथाम (CFT) सम्बन्धी नीतिहरू, नियमनकारी निकायहरूद्वारा लागू गरिएका नयाँ प्रावधानहरू तथा बीमा प्रतिनिधिहरूले अवलम्बन गर्नुपर्ने नैतिक व्यापार अभ्यासहरूबारे महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए ।

सन नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो सम्पूर्ण अभिकर्ता तथा शाखा व्यवस्थापकहरूलाई अद्यावधिक ज्ञान प्रदान गर्दै वित्तीय पारदर्शिता, नैतिक व्यापार अभ्यास तथा नियम-कानूनको पालना गर्ने संस्कार विकास गर्ने प्रतिबद्धता जनाएको छ । बीमा व्यावसायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउनका लागि यस्ता अभिमुखिकरण कार्यक्रमहरू आवश्यक छन् भन्ने संस्थाको विश्वास रहेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

बेलायतका राजकुमार र श्रीमती आज नेपाल भ्रमणमा आउने, भक्तपुर र पाेखरा घुम्ने कार्यक्रम

काठमाडाैं, माघ २२ । बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित आज मंगलबार नेपाल भ्रमणमा आउने भएका.....