इङ्गलिस प्रिमियर लिग : वेस्ट ह्याममाथि चेल्सीकाे २-१ गाेलकाे जित

प्रकाशित मिति: २२ माघ २०८१, मंगलवार ०७:३७


काठमाडाैं, माघ २२ ।
इङ्गलिस प्रिमियर लिगमा सोमबार चेल्सीले वेस्ट ह्याममाथि २-१ गाेलको जित निकालेको छ ।

जितसँगै चेल्सी लिग तालिकाको चौथो स्थानमा उक्लेको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा जाराडो बोवेनको गोलले पहिलो हाफमा वेस्ट ह्यामले अग्रता लिएको थियो । त्यसपछि दोश्राे हाफमा पेड्रो नेटोले चेल्सीका लागि बराबरी गोल फर्काएका थिए ।

खेलको ७४ औँ मिनेटमा भएको गोल भने आत्मघाती रह्यो र यो आरोन वान-बिसाकाको नाममा रह्यो । लिगका सात खेलमध्ये एकमा मात्र जित निकालेको चेल्सीले अहिले यो तीन महत्त्वपूर्ण अंक बटुलेको हो ।

यो नतिजापछि चेल्सीको २४ खेलबाट ४३ अंक भएको छ र उसले म्यानचेस्टर सिटीलाई उछिनेको हो । सिटीको समान खेलबाट ४१ अंक छ । शीर्ष तीनमा लिभरपुलको ५६, आर्सनलको ५० र नटिङघम फरेस्टको ४७ अंक रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

बेलायतका राजकुमार र श्रीमती आज नेपाल भ्रमणमा आउने, भक्तपुर र पाेखरा घुम्ने कार्यक्रम

काठमाडाैं, माघ २२ । बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित आज मंगलबार नेपाल भ्रमणमा आउने भएका.....