गाेली खान तयार छाैँ तर, पाथीभरामा केबलकार बन्न नदिने अडानसँगै गृहमन्त्रीकाे राजीनामा माग
काठमाडाैं, माघ २१ ।
‘नो केबलकार समूह’ ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागे गरेकाे छ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा देखिएको विवादमा समूहले गृहमन्त्री लेखकको राजीनामा मागे गरेकाे हो ।
समूहले आज साेमबार काठमाडौं महानगरपालिकाकाे माइतीघर मण्डलामा विभिन्न प्ले-कार्डसहित प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा मागेको हो ।
केबलकारविरोधी समूह र प्रहरीबीच गत माघ १२ गते भएको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जना आन्दोलनकारी घाइते भएकाे थियो । त्यसयता केबलकार विरोधी समूहले निरन्तर रूपमा आन्दोलनलाई थप चर्काउँदै आएको छ ।
माइतीघरमा प्रदर्शन गर्दै उनीहरूले ‘असक्षम गृहमन्त्रीले राजीनामा दे, गरिफ्तार गरिएका याेद्धालाई बिना सर्त रिहा गर’, ‘नो केबलकार’, ‘हजारौँ प्रजातिका रुखहरू काट्ने विकास चाहिँदैन’, ‘सीडीओलगायत दोषीलाई कारबाही गर’, ‘गिरफ्तार नागरिकलाई रिहाइ गर’, ‘मुक्कुमलुङमा राज्य आतंक बन्द गर’ जस्ता नारा लगाएका थिए ।
काठमाडौंको माइतीघरमा भएको उक्त प्रदर्शनमा आन्दोलनकारीहरूले सांकेतिक रूपमा सडक नाटकसमेत प्रदर्शन गर्दै मुक्कुमलुङ क्षेत्रको ‘अतिक्रमण’ को विरोध जनाएका थिए । उनीहरूले ‘गोली खान तयार छौँ, तर केबलकार बन्न दिन्नौँ’ भन्ने नारासमेत चर्काे रूपमा लगाएका थिए ।
प्रतिक्रिया