बेलायतका राजकुमार र श्रीमती आज नेपाल भ्रमणमा आउने, भक्तपुर र पाेखरा घुम्ने कार्यक्रम
काठमाडाैं, माघ २२ ।
बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित आज मंगलबार नेपाल भ्रमणमा आउने भएका छन् । एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सुरक्षा श्राेतले जानकारी दिएकाे छ ।
उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई-बुहारी हुन् । उनीहरू दुबै जना छुट्टाछुट्टै विमानमार्फत् नेपाल भ्रमणमा आउन लागेका हुन् । राजकुमार एडवार्ड अहिले भारत भ्रमणमा रहेका छन् । उनी दिल्लीबाट एक्लै नेपाल अवतरण गर्नेछन् । यस्तै राजकुमारी सोफिया लण्ननबाट काठमाडौं आउन लागेकी हुन् ।
गृह मन्त्रालयकाअनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ भने यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय गरिएको छ ।
राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचालन गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशनसमेत दिइसकेकाे छ ।
बेलायती राजपरिवारको वेब साइडमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो । राजकुमार एडवार्ड र उनको टोली माघ २७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया