बाहिर चक्रपथ आयोजनाको फाइल राजपत्रमा प्रकाशित, जग्गा कारोबारमा रोक

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार १२:१७


काठमाडौं, जेठ १४ ।
बाहिरी चक्रपथ आयोजनाको चोभार–सतुंगल खण्डको डिपिआर स्विकृति गरिएको फाइल राजपत्रमा प्रकाशित गर्न तयार भएको छ । डिपिआर स्विकृति र काम अघि बढाउन मन्त्रीपरिषदमा गरिएको निर्णयको कपिसहित परिस्कृत फाइल राजपत्रमा प्रकाशित गर्न तयारी गरिएको छ । सम्बन्धित कार्यालयमा बुझाईसकेको बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुब प्रसाद सापकोटाले बताएका छन् ।


उनकाअनुसार आइतबार वा सोमबार बाहिरी चक्रपथको काम अघि बढाउने निर्णय राजपत्रमा प्रकाशित हुनेछ । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालयले जमिन अधिग्रहणका लागि अर्काे सार्वजनिक सूचना प्रकाशित गर्नेछ । यतिबेला आयोजनाले प्रारम्भिक अधिकारी तोकेर काम अघि बढाइनेछ ।

‘एक हप्तापछि जग्गा कारोबार तथा कित्ता काटमा रोक लगाउने तयारी भैरहेको छ’, आयोजनाका योजना अधिकृत सापकोटाले भने । कित्ता काट, कारोबार र भवन निर्माणमा रोक लगाएको निर्णय नगरपालिका, मालपोतमा पठाईनेछ ।

शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले वैशाख १३ गते बाहिरी चक्रपथको सतुंगल–चोभार क्षेत्रमा पर्ने ६ दशमलब ६१८ किलोमिटर खण्डको डिपिआर स्विकृत गरेका थिए । पाइटल प्रोजेक्टका रूपमा अघि सारिएको यो खण्डको अनुमानित लागत ६ अर्ब ३० करोड रुपैंयाँ रहेको छ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो । सो खण्डमा ८ हजार ९ सय ५६ रोपानी जमिन एकिकरण हुँदैछ । त्यसमा १३ हजार ७ सय ६४ कित्ता जमिन परेको छ ।

बाहिरी चक्रपथमा ५० मिटरको आधुनिक सडक हुनेछ । सो खण्डमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमीटर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....