दाश्रो चरणको निर्वाचनको सुरक्षाका लागि नेपाली सेना तैनाथ

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार १३:२९


गौशाला, जेठ १४ ।
यहीँ जेठ ३१ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि महोत्तरी जिल्लामा नेपाली सेना खटाइएको छ ।

निर्वाचनलाई लक्ष्य गर्दै महोत्तरीका पाँच स्थानमा नेपाली सेनाको शिविर स्थापना गरिएको जिल्ला सुरक्षा समितिका प्रमुख एवम् प्रजिअ वीरेन्द्र यादवले बताएका छन् ।

उनकाअनुसार जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट रैफल गणबाट नेपाली सेनाका पाँच टुकडीलाई जिल्लाको प्रत्येक क्षेत्र समेट्ने गरी खोपी, खुट्टा, साँढा, पिपरा गाउँ र गौशाला नगरपालिकामा शिविर स्थापना गरेर निर्वाचनमा विशेष सुरक्षाको जिम्मेवारी दिँदै खटाइएको हो ।

फस्ट रैफल गण जलेश्वरबाट खोपी गाउँमा एक सय १०, खुट्टा गाउँमा एक सय १०, गौशाला नगरपालिकामा एक सय १०, साँढा गाउँमा ९६ र गणले जलेश्वरबाटै हेर्ने गरी पिपरा गाउँमा एक सय १० जना नेपाली सैनिकलाई खटाइएको गणपति कृष्ण खड्का क्षेत्रीले बताए ।

महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका क्षेत्रभित्र पर्ने प्रत्येक मतदान केन्द्रमा सेनाले सुरक्षाका साथ निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्ने प्रअिज यादवले बताए । उनकाअनुसार निर्वाचन अवधिभर नेपाली सेना जिल्लाको प्रत्येक गाउँ ठाउँमा खट्ने तथा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भइसकेपछि मात्र गणमा फर्कने जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....