बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टमा एक व्यक्ति मृत फेला

काठमाडाैं, चैत १० ।
भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
आज आइतबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं.-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा खोटाङको केपिलासगढी गाँउपालिका वडा नं.-२ घर भई हाल बोडे बस्ने वर्ष ६६ वर्गीय ओम प्रकाश राई मृत अवस्थामा फेला परेका हुन् ।
कवाडीको सामान टिप्ने काम गर्ने उनी दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा मृत फेला परेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको एक विज्ञप्तिमार्फत् जनाएको छ ।
प्रतिक्रिया