काठमाडाैंमा बसले किच्दा एककाे मृत्यु, बस चालक नियन्त्रणमा

प्रकाशित मिति: ९ चैत्र २०८१, आईतवार १३:०१


काठमाडाैं, चैत १० ।
काठमाडौंमा बसले किच्दा एक व्यक्तिको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१६ स्थित सडकमा बा. ५ ख ३७०२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको हो ।

अन्दाजी ६० वर्षीय ती पुरुषको हालसम्म सनाखत हुन सकेको छैन ।

शनिबार दिउँसो बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापश्चात् बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटना बारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....