थानकोटमा हायस माइक्रो दुर्घटना हुँदा २५ वर्षीया महिलाको मृत्यु, ६ घाइते

काठमाडाैं, चैत १० ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको हायस माइक्रो बस अनियन्त्रित भई थानकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २५ वर्षीया महिला रहेकी छन् । उनको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकी चितवनको कालिका नगरपालिका-७ घर भएकी ६८ वर्षीया तारादेवी कुमालको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अन्य घाइते ६ जनाको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया