काठमाडौंको माइतीघर मण्डलामा कुलमान घिसिङको पक्षमा प्रदर्शन

काठमाडाैं, चैत १२ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन् ।
आज मंगलबार काठमाडौंको माइतीघर मण्डलामा स्वतन्त्र नागरिकको तर्फबाट उनीहरूले प्रदर्शन गरेका हुन् ।
माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
सोही स्थानमा अहिले हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको छ ।
प्रतिक्रिया