इटहरीको एक व्यापारिक भवनमा आगलागी, उद्धारका लागि सेनाको हेलिकोप्टर परिचालन

प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार १२:२८


काठमाडाैं, चैत १३ ।
सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेकाहरूका उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ ।

आगलागीमा फसेकाहरूको उद्धारका लागि गृहमन्त्री रमेश लेखकले सेनाको हेलिकोप्टर पठाएको मन्त्री लेखकको सचिवालयले जनाएको छ ।

इटहरी उपमहानगर-६ मा रहेको सेन्टर प्लाजाको पाँचौँ तलामा आगलागी भएको हो । उक्त भवनमा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....