एसइई दिएर घर फर्केकी १७ वर्षीया छात्रा मल्लले गरिन् आत्महत्या

प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार १४:२८


काठमाडाैं, चैत १३ ।
बझाङमा माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएर घर फर्केकी एक छात्राले आत्महत्या गरेकी छन् ।

केदारस्युँ गाउँपालिका-१ रायलकी १७ वर्षीया छोरी आकांक्षा मल्लले मंगलबार बेलुका आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उनी शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी छोरी हुन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार मल्ल मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन् । बेलुका उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनास्थलमा सुसाइट नोट फेला परेको प्रहरीले जनाएको छ । त्यसमा अरू कसैको कारणले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ ।

परीक्षा बिग्रेका कारण मल्लले आत्महत्या रोजेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । उनी केदारस्युँ गाउँपालिका-१ स्थित गर्जेपानी मावि रायलमा अध्ययनरत थिइन् । उनका बुबा सोही विद्यालयका शिक्षकसमेत हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....