काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर ३ वर्षीया छोरीको मृत्यु

प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार १८:१२


काठमाडाैं, चैत १३ ।
काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु भएको छ ।बनेपा नगरपालिका वडा नम्बर-४ मा बा. ४ ख ८५९२ नम्मबरको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षीया छोरी समीक्षा बरालको मृत्यु भएको हो ।

उनको घटनास्थलमै निधन भएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड़काले जानकारी दिए ।

सो गाडी उनका बाबु सरोज बरालले चलाइहरेका थिए । सिन्धुली गोलन्जोर गाउँपालिका वडा नम्बर-१ घर भएका बराल नालामा परिवारसहित बस्दै आएका थिए । स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको थियो ।

ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक सम्पर्कमै रहेको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....