आगलागीमा परी चार वर्षीय बालककाे मृत्यु

काठमाडाैं, बैशाख १२ ।
जिल्लाको धुर्कोट गाउँपालिका-१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ । धुर्कोट-१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उनका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो ।
आज शुक्रबार दिउँसो बालबालिका खेल्ने क्रममा आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेकाे छ । “आगलागीपछि मृतककी दिदी गुहार माग्ने क्रममा भाई गोठमा लुकेर बसेका रहेछन् । बालक गोठभित्र रहेको जानकारी नपाउँदा निजको मृत्यु भयो”, धुर्कोट-१ का वडाध्यक्ष चेतमान कुँवरले बताए ।
आगलागीबाट ढुङ्गा, माटोले बनेको दुई तले गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया