काठमाडाैंकाे स्वयम्भूस्थित एक रेष्टुरेन्टमा आगलागी हुँदा घर र पसलहरू जलेर नष्ट

प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार ११:५८


काठमाडाैं, बैशाख १३ ।
काठमाडौं महानगरपालिकाको स्वयम्भूस्थित एक रेष्टुरेन्टमा आगलागी हुँदा कुनै मानव क्षति भने नभएको स्वयम्भू प्रहरी वृत्तका सहायक हवलदार विष्णु थापाले जानकारी दिएका छन् ।

आज शनिबार बिहान २ बजे दार्जिलिङ मःम रेष्टुरेन्टमा आगलागी हुँदा घर र पसलहरू जलेर पूर्ण रूपमा नष्ट भए पनि मानवीय क्षति भने नभएको सहायक हवलदार थापाले बताए ।

‘लगभग २ बजेतिर आगलागी भएको खबर आयो । अफिसनजिकै भएको भएर धुँवा पनि देखियो र तत्काल दमकललाई खबर गर्यौं । दमकल पनि तुरुन्तै ८ वटा दमकल, ४/५ वटा पानी ट्याङकरमार्फत् आगो नियन्त्रणमा आयो । भौतिक क्षति भए पनि मानवीय क्षति भएन । घरहरू र पसलहरू पूर्ण नष्ट छन् । आगलागीमा नजिकै रहेका पसलहरूमा क्षति पुगेको छ । बच्चा र बच्चाको आमालाई प्रहरीले तत्काल उद्दार गर्न सफल भयो,’ उनले भने ।

उक्त घटनाको कारण तत्काल भन्न नसकिने भन्दै थप अनुसन्धान भइरहेको पनि थापाले बताए ।

रेष्टुरेन्टमा आगलागी हुँदा रेष्टुरेन्टको मात्र १० देखि १२ लाख रुपैयाँ क्षति भएको रेष्टुरेन्टकी सञ्चालक बन्सिका राईले जानकारी दिएकी छन् ।


प्रतिक्रिया


ताजा खबर

More