जेठी सासुकाे हत्या गरेकाे अभियाेगमा ४२ वर्षीय ज्वाइँ पक्राउ

प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार १५:३८


काठमाडाैं, बैशाख १३ ।
इलाममा जेठी सासुको हत्या गरेको अभियाेगमा ज्वाइँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका-४ सिंजालीटारका ४२ वर्षीय शान्तिराम दुलाल रहेका छन् ।

उनलाई धारिलो हतियार खुकुरी प्रहार गरी सोही स्थानकी ५२ वर्षीया भुमिका चापागाईंलाई हत्या गरेको अभियाेगमा प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरूबीच माना चामल र अंश मुद्दा अदालतमा चलिरहेको प्रहरीको भनाई रहेकाे छ ।

शुक्रबार साँझ विवादका कारण दुलालले चापागाईँलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा घाइते बनाएका थिए । चापागाईँको उपचारको क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।

हत्यामा संलग्न दुलाललाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेकाे जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....