काठमाडाैंमा जारी शिक्षक आन्दाेलनमा शिक्षकबीच विवाद र कुटपिट हुँदा ४५ वर्षीय जाेशी घाइते

प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार १७:५६


काठमाडाैं, बैशाख १३ ।
काठमाडौंमा जारी रहेकाे शिक्षक आन्दोलनमा शिक्षकहरूबीच नै विवाद र कुटपिट हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय केशवराज जोशी रहेका छन् ।

जिल्ला कैलाली धनगढी उप-महानगरपालिका-१ घर भएका जोशी धनगढी-१२ स्थित श्री दुर्गा आधारभूत माध्यामिक विद्यालयमा पढाउँछन् । प्रहरी वृत्त नयाँ बानेश्वारकाअनुसार आज शनिबार दिउँसो करिब १ बजेकाे समयमा बिजुलीबजारमा जारी नेपाल शिक्षक महासंघको आन्दोलनमा आएका जोशी र अन्य शिक्षकहरूबीच आपसी मतभेद उत्पन्न भएको थियो ।

उनलाई अन्दाजी १५/२० जना शिक्षकहरूले कुटपिट गरी घाइते बनाएको प्रहरीको भनाई छ । उनलाई तत्काल उपचारको लागि मीनभवनस्थित सिभिल अस्पतालमा लगेर उपचार भइरहेको छ ।

उनी बोल्न सक्ने अवस्थामा भए तापनि टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....