नेपाली कला क्षेत्रका चर्चित कलाकार ‘बले’लाई पुत्र लाभ

काठमाडाैं, बैशाख १३ ।
नेपाली कला क्षेत्रका एक चर्चित कलाकार सागर लम्साल ‘बले’लाई पुत्र लाभ भएको छ । गत बिहीबार लम्सालकी पत्नी स्नेहा दंगालले छोरालाई जन्म दिएकी हुन् ।
आज शनिबार स्नेहा र छोरालाई ओम अस्पतालबाट डिस्चार्ज गरिएको छ । लम्सालले आमा र छोरा दुबैको अवस्था अहिले सामान्य रहेको बताएका छन् ।
लम्सालले गत असार ३० गते झापाकी स्नेहासँग विवाह गरेका थिए । पत्नी गर्भवती नै रहेको बेला सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘पहिलो सन्तान हाम्रो परिवारको लागि लक्की चार्म हुने देखेको छु ।’
कलाकार बले अभिनित टेलिसिरियल ‘भद्रगाेल’ दर्शकले धेरै रुचाएकाे मध्ये एक टेलिसिरियल हाे ।
प्रतिक्रिया