काठमाडौंको गोकर्णेश्वरमा टिपरको ठक्करले २३ वर्षीय स्कुटर चालकको मृत्यु

प्रकाशित मिति: १४ बैशाख २०८२, आईतवार १३:०३


काठमाडाैं, बैशाख १४ 
काठमाडौंमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका-४ माइती नेपाल चोकस्थित सडकमा ना. ६ ख ५१०० नम्बरको टिपरले प्र.३-०२-००६ प ००९६ नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक गोकर्णेश्वर तालिञ्चोक बस्ने २३ वर्षीय पासाङ शेर्पा गम्भीर घाइते भएका थिए । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-७ घर भएका शेर्पालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारकै क्रममा शनिबार राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More