सरकारी वकीलकाे कार्यालयबाट हतकडीसहित महिला थुनुवा फरार, खाेजी कार्य जारी

काठमाडाैं, बैशाख १४ ।
सरकारी वकीलको कार्यालय कैलालीबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेकी ५० वर्षीया मिना शाही दमाई म्याद थपका लागि सरकारी वकीलको कार्यालय पुर्याएकाे समयमा भागेकी थिइन् । हतकडीसहित फरार भएकी उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
आफन्त नाता पर्ने बालिकालाई भारतमा लगेर बेचबिखन गरेको अभियोग लागेकी उनलाई ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले पक्राउ गरेको थियो । म्याद थपका लागि पनि सोही कार्यालयले सरकारी वकील कार्यालय पुर्याएको थियो ।
प्रतिक्रिया