म्याराथन धावक सन्ताेषी श्रेष्ठले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

प्रकाशित मिति: १४ बैशाख २०८२, आईतवार १९:३४


काठमाडाैं, बैशाख १४ ।
म्याराथन धावक सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी छन् ।

‘गोल्डेन गर्ल’ नामले समेत परिचित धादिङकी सन्तोषीले आज आइतबार विश्व प्रतिष्ठित लण्डन म्याराथनमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्न सफल भएकी हुन् ।

दुई वर्ष अघि डेब्यु म्याराथनअन्तर्गत बंगबन्धु म्याराथनमा सन्तोषीले २ घण्टा ४६ मिनेट २६ सेकेण्डमा म्याराथन पार गर्दै कीर्तिमान बनाएकी थिइन् ।

उनले महिला म्याराथनको आफ्नै नामको कीर्तिमान भंग गरेकी हुन् ।

३ मिनेट ३६ सेकेण्डकाे समयलाई पनि सुधार गर्दै श्रेष्ठले लण्डनमा २ घण्टा ४२ मिनेट ५० सेकेण्डमा नयाँ कीर्तिमान राखेकी हुन् ।

सन्तोषीले २०२४ मा पेरिस ओलम्पिकको अप्ठ्यारो मानिएको म्याराथन २ घण्टा ५५ मिनेट ६ सेकेण्डमा पूरा गरेकी थिइन् ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....