हतकडीसहित फरार भएकी महिला भारतबाट पक्राउ

प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार १३:३४


काठमाडाैं, बैशाख १५ ।
हतकडीसहित फरार भएकी महिला भारतमा पक्राउ परेकी छन् । मानव बेचविखनको आरोपमा कैलाली प्रहरीको नियन्त्रणमा रहेकी ५० वर्षीया मिना शाही दमाइ भारतको पलियामा लुकेको अवस्थामा पक्राउ परेकी हुन् ।

मानव बेचबिखन कसुरमा म्याद थपका लागि सरकारी वकील कार्यालय पुर्‍याएका बेला आइतबार दिउँसो प्रहरीको आँखा छलेर उनी भागेकी थिइन् । पहिलो पटक थपिएको १० दिनको समय आइतबार सकिएपछि दोश्रो पटक म्याद थपका लागि उनीलाई सरकारी वकील कार्यालय लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टकाअनुसार शाहीलाई ईलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दा चलाएको छ । उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग छ ।

सरकारी वकीलको कार्यालयबाट शाही हतकडीसहित फरार भएपछि प्रहरी सहायक हवल्दार चक्रप्रसाद अधिकारी र प्रहरी जवान लोकराज जोशी कारबाहीमा परेका छन् । अभियुक्तलाई सरकारी वकील कार्यालयमा उपस्थित गराउने अधिकारी र जोशीलाई निलम्बन गरिएको छ । उनीहरू दुबै ईलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत छन् ।


प्रतिक्रिया


ताजा खबर

More