धुन्चे/गोसाइँकुण्ड केबुलकार निर्माणमा प्राथमिकता

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार १७:५८


रसुवा, जेठ १४ ।
स्थानीय तहको निर्वाचन पछि बहुचर्चित धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माणमा प्राथमिकता दिइने भएको छ ।


गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङकाअनुसार हिन्दू तथा बौद्ध मार्गीको आस्थाको धरोहरको रूपमा रहेका पवित्र तीर्थ गोसाइँकुण्ड पुग्नका लागि लौरी विनायकको उकालो उक्लिन गाह्रो भएका कारण केबुलकारको अवधारणा अघि बढाइएको हो ।

अठार किमी दूरीको केबुलकार निर्माण भए वर्षेनी गोसाइँकुण्ड पुग्ने लाखौँ भक्तजनलाई सुविधा हुने, आन्तरिक एवं बाह्य पर्यटक बढ्ने र यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने भएकाले कार्यान्वयन प्रक्रिया छिटो अघि बढोस भन्ने सबैको चाहना रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....