बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु, १३ जना घाइते

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार १३:१२


काठमाडाैं, बैशाख २२ ।
धरानबाट धनकुटातर्फ जाँदै गरेको बस धनकुटाको गोठगाउँमा दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ । घाइते मध्ये धनकुटा नगरपालिका वडा नम्बर-६ बस्ने वर्ष ७३ वर्षीया कृष्ण कुमारी राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ जाँदै गरेको को. १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेको थियाे ।

बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । करिव सवा १० बजेतिर धनकुटा नगरपालिका वडा नम्बर-६ गोठगाउँस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रु बाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

बस दुर्घटनामा घाइते हुनेहरूमा भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर-१३ का सुर्यमणी तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर-२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा-१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका वडा नम्बर-३ च्याङग्रेकागंगा प्रसाद सापकोटा, भोजपुर नगरपालिका-११ का सविना बराइली, सोही ठाउँका देवी विक, धनकुटाको साँगुरीगढी गापा-६ का हंश बहादुर राई, भोजपुरको षडानन्द नगरपालिका-११ कापुर्ण माया तामाङ, भोजपुर नगरपालिका-११ का लिला बहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाँउपालिका वडा नम्बर-६ का दिर्घ माया राईलगायत रहेको धनकुटा प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More