काठमाडाैंकाे भृकुटीमण्डपस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेविसंघद्वारा ताेडफाेड

काठमाडाैं, बैशाख २२ ।
काठमाडाैं महानगरपालिकाकाे भृकुटीमण्डपस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा तोडफोड भएको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् ।
नेविसंघ कार्यकर्ताहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्वाचनबाटै चयन गर्नुपर्ने माग राख्दै तोडफोड गरेका हुन् । स्ववियु नेतृत्व सर्वसम्मत रूपमा भइसकेको छ ।
तोडफोडका क्रममा क्याम्पसका महत्त्वपूर्ण कागजात च्यातिएका छन् । यस्तै, क्याम्पस प्रशासनका कुर्सी तथा ल्यापटपसमेत फ्याँकिएका छन् ।
प्रतिक्रिया