सुनचाँदी कारोबारको तेश्रो दिन सुनको मूल्य ५ हजार ३ सयले बढ्यो

काठमाडौं, बैशाख २३ ।
नेपाली बजारमा सुनचाँदी कारोबारको तेश्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रति तोला ५ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुन प्रति तोला ५ हजार ३ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, सोमबार सुन तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया