दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं, जेठ ४ ।
काठमाडौं जिल्ला अदालतले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आज आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
सोही क्रममा अदालतले राज्यविरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया