पञ्चकन्या ग्रुपद्वारा आफ्नो नयाँ ब्राण्ड पञ्चकन्या बाथवेयरको औपचारिक शुभारम्भ

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलवार १४:१३


काठमाडौं, बैशाख २३ ।
पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्राण्ड पञ्चकन्या बाथवेयरको धनगढीमा औपचारिक रूपमा शुभारम्भ गरेको छ ।

यो नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या अत्याधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ । पञ्चकन्या बाथवेयरले प्रिमियम स्तरको ट्याप, सावर र अन्य सहायक उपकरणहरू प्रस्तुत गर्दैछ ।

धनगढीमा आयोजित डिलर लञ्च कार्यक्रमलाई स्थानीय व्यावसायिक संघ, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट अतिथीहरूको उल्लेखनीय उपस्थितिले अझ भव्य बनाएको थियो ।

WhatsApp Image 2025-05-06 at 12.13.57

पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तर र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धता प्रस्तुत गर्दै बाथवेयर बजारमा ब्राण्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाहरूबारे प्रकाश पारेका थिए ।

पञ्चकन्या बाथवेयरका सेल्स हेड बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी रणनीतिबारे सहभागीहरूलाई जानकारीसमेत दिएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं, जेठ ४ । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई थप ४ दिन.....

काठमाडौंको पिँगलास्थानमा एक पुरुष मृत फेला

काठमाडाैं, जेठ ४ । काठमाडौं.....