सुनचाँदी कारोबारको चौथो दिन सुनमा १ हजार ७ सयले बढ्यो

काठमाडौं, बैशाख २४ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सुनचाँदी कारोबारको चौथो दिन आज बुधबार पनि सुनमा प्रति तोलामा रु. १ हजार ७ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासङ्घकाअनुसार आज एक तोला सुनको मूल्य रु. १ लाख ९१ हजार ६ सय कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।
मङ्गलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया