देशका पहाडी भू-भागकाे केही स्थानमा हल्का वर्षा

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार ०८:२७


काठमाडाैं, बैशाख २५ ।
हाल देशमा पश्चिमी वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जसका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने देशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । आज बिहीबार दिउँसो, देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

विभागकाअनुसार कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....