राजावादीद्वारा जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार १४:२०


काठमाडाैं, बैशाख २५ ।
राजसंस्था पुनर्स्थापना र सनातन हिन्दू धर्मका लागि राजावादी समूहले जनआन्दोलनको घोषणा गरेको छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले आज बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलनको घोषणा गरेका हुन् ।

सुवेदीले पत्रकार सम्मेलनमार्फत् भने, ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ । हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरूप हुनेछ ।’

आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले घोषणा गरे ।


प्रतिक्रिया


ताजा खबर

More