तीनकुनेमा भएको प्रदर्शनका क्रममा आक्रमण गर्ने थप एक जना पक्राउ

काठमाडाैं, बैशाख २५ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका-६ का ३९ वर्षीय मनबहादुर कालामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी, परिसर काठमाडौंले जनाएको छ ।
कालामगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया