ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा (विज्ञप्तिसहित)

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार ०८:१८


काठमाडाैं, बैशाख २६ ।
ललितपुर महानगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । नेपालकै लामो र ऐतिहासिक एवं वर्षा र सहकालकाे देवता रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तको अवसरमा आज स्थानीय बिदा दिने निर्णय भएको महानगरले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।

नगरबासीको उल्लेख्य उपस्थिति र धार्मिक महत्त्वको दिन भएकाले ललितपुर महानगरपालिका नगर कार्यपालिकाको बैठकको निर्णयानुसार महानगर र मातहतका कार्यालयमा स्थानीय बिदा हुने गरी बिदा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठद्वारा जारी गरिएकाे प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....