श्रीलङ्काली वायु सेनाको हेलिकप्टर दुर्घटनामा ६ सैन्यको मृत्यु

एजेन्सी, बैशाख २६ ।
श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुँदा छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन् ।
वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलटसहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएका हुन् ।
अन्य छ जना घाइतेहरूको भने अझै अस्पतालमा उपचार भइरहेको गीगानागेले बताएका छन् ।
यसअघि, गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताएका थिए ।
श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ ।
प्रतिक्रिया