सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुरका ३८ वर्षीय युवक पक्राउ

काठमाडाैं, बैशाख २६ ।
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर भएका ३८ वर्षीय सुदिप प्रसाद बनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७६ चैत २ गतेको फैसलाले ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-५ छालिङबाट पक्राउ गरिएको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
प्रतिक्रिया