नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप

काठमाडाैं, बैशाख २६ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असार मसान्तसम्म लागू हुनेछ ।
यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नु पर्दैन । क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफूलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्र्न सक्नेछन् ।
यो योजनाले आधुनिक बैंकिङ्गलाई प्रबर्द्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त रहेकोे छ । ‘Buy now, pay later’ मार्फत् ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शून्य ब्याजदरमा सामान खरिद गर्र्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकले नबिल बैंंकको शाखामा गइ यसबारे थप जानकारी लिन तथा लाइफटाइम प्रि-क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् ।
साथै https://nbankhome.nabilbank.com/digital-form/credit-card मा गइ अनलाइनमार्फत् पनि आवेदन पनि दिन सक्ने जनाइएको छ ।
नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरीको २ सय ६८ वटा शाखा र ३ सय २० वटा एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोशेढुङ्गाको रूपमा काम गर्दै आएको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया