पिकअप दुर्घटनामा परी ३० वर्षीय प्रहरी सहायक निरीक्षककाे मृत्यु, दुई घाइते

प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार १६:५९


काठमाडाैं, बैशाख २७ ।
सुनसरीको दुहबीमा पिक अप दुर्घटनामा परी एक जनाको मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।

दुहबी नगरपालिका-३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिक अप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र. २-०१-००१ च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भएर सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिएका छन् ।

दुर्घटनामा परी नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत उदयपुर त्रियुगा नपा-८ राजाबासका ३० वर्षीय प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा परी टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका खतिवडाको विराट टिचिङ अस्पताल बुढीगङ्गामा उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, चालक उदयपुरको चौदण्डीगढी नगरपालिका-६ बस्ने वर्ष ३८ वर्षीय सुरेश कार्कीकाे टाउ र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।

चालकको छोरी १४ वर्षीया रोजिना कार्कीको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको विराट टिचिङ अस्पताल बुढीगङ्गामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More