पाकिस्तान-भारतबीच युद्धविराममा सहमति, राष्ट्रिय हितमा सम्झौता नहुने

एजेन्सी, बैशाख २७ ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारले शनिबार पाकिस्तान र भारतबीच तत्काल प्रभाव हुने गरी युद्धविराममा सहमति बनेको घोषणा गरेका छन् ।
उनले पाकिस्तान सधैँ क्षेत्रीय शान्ति र सुरक्षाको पक्षमा रहे तापनि आफ्ना राष्ट्रिय हितमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
डारले एक्स (ट्वीटर) मा लेखेका छन्, ‘‘पाकिस्तान र भारत तत्काल प्रभावबाट लागू हुने युद्धविराममा सहमत भएका छन् । पाकिस्तानले सधैँ क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रयास गर्दै आएको छ, तर आफ्नी सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कहिल्यै सम्झौता गरेको छैन ।’’
यसअघि, भारतका विदेशमन्त्री एस. जयशंकरले पनि दुबै देशबीच सैन्य कारबाही रोक्ने समझदारी बनेको पुष्टि गरेका थिए ।
प्रतिक्रिया