मोटरसाइकल दुर्घटनामा परी दाजुभाईको मृत्यु

काठमाडाैं, बैशाख २७ ।
कावासोती नगरपालिका-१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाईको मृत्यु भएको छ ।
मुण्डेबाट लोकाहातर्फ जाँदै गरेको लु. १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया