शिव सेना नेपालका अध्यक्ष अनिल बाबा पक्राउ

काठमाडाैं, बैशाख २८ ।
तीनकुने घटना प्रकरणमा शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेत पक्राउ परेका छन् ।
राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठक स्थल शिव सेना नेपालका अध्यक्ष बस्नेतलाई प्रहरीले आज आइतबार सुकेधाराबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।
गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले करिब एक सय जनालाई पक्राउ गरी सोधपुछ गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य जारी रहेको बेला उनी पक्राउ परेका हुन् ।
प्रतिक्रिया