प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

प्रकाशित मिति: २८ बैशाख २०८२, आईतवार १६:०६


काठमाडाैं, बैशाख २८ ।
प्रतिनिधि सभाको आज आइतबारको बैठकले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

यही बैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा बैशाख २२ गतेदेखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो ।

छलफलको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कूल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै अस्वीकार भएका थिए ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....