भक्तपुरबाट चोरी पैठारी गरी ल्याएको सामान बरामद

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार १५:१४


काठमाडाैं, बैशाख २९ ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको कपडा र धाराका पार्टपुर्जा ओसार प्रसार गरिरहेको ट्रकलाई प्रहरीले नियन्त्रण लिएको छ । प्रहरीले साँगाबाट काठमाडौंतर्फ आइरहेको बा. ४ ख ७६० नम्बरको सेतो टाटा कम्पनीको ट्रक नियन्त्रण लिएको हो ।

ट्रकमा परालको भुसमा लुकाएर ल्याएको  ३८८७ थान कर्ता सुरुवाल, ३२ रोल पाइन्टको कपडा, ३५६ पिस सर्ट, २८० रोल सर्टको कपडा, १८७५ पिस ब्लाउज, ९९ रोल पर्दाको कपडा, १५९ पिस साडी र ३९८ पिस धाराका पार्टपुर्जा गरी अन्दाजी ७२ लाख बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More