बुद्ध जयन्तीकाे अवसर पारेर पनाैतीदेखि नमाेबुद्धसम्म शान्ति पदयात्रा

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार १६:०४


काठमाडाैं, बैशाख २९ ।
२५६९ औँ बुद्ध जयन्तीकाे अवसर पारेर काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्राकाे आयाेजना गरिएको छ । विश्व सम्पदा सूचीमा प्रस्तावित र मन्दिरहरूको शहरका रूपमा परिचित काभ्रेको पनौतीदेखि गौतम बुद्धले पाइला टेकेको नमोबुद्धसम्म साँस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको हो । शान्ति पदयात्राको पनौतीमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका थिए ।

पनौतीको मानेश्वरीबाट रिबन काटेर शान्ति पदयात्रा सुरु गरेर सुन्थान-इटे-शंखु-शंखेश्वरी-जंगल हुँदै नमोबुद्धमा पुगेर टुंगिएको थियाे । पनौतीदेखि नमोबुद्धसम्मको ९.५ किलोमिटरकाे दूरी रहेकाे छ । विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्बर्द्धन गर्ने उद्देश्यसहित शान्ति पदयात्रा कार्यक्रमकाे आयोजना गरिएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिएका छन् ।

पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार, व्यावसाय, नागरिक समाज, पत्रकारलगायत क्षेत्रका प्रतिनिधिहरूसहित करिब एक हजार जनाभन्दा बढी सहभागी भएका थिए ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....