काठमाडौंको सुन्धारामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार १७:२९


काठमाडाैं, बैशाख २९ ।
काठमाडौं महानगरपालिकाको सुन्धारामा आज सोमबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका-२२ स्थित काठमाडौं मल अगाडि बा. ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा. ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा बा. ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बसोबास गर्दै आएका तनहुँ आँबुखैरेनी नगरपालिका-५ का ४६ वर्षीय सन्तोष कुमार गुरुङको ज्यान गएको हो ।

गुरुङलाई गम्भीर घाइते अवस्थामा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही मोटरसाइकलमा सवार अर्का एक जना र रा. ७ प ८७९५ नम्बरको मोटरसाइकल चालक घाइते भएका छन् । उनीहरूको पनि राष्ट्रिय ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।


प्रतिक्रिया


ताजा खबर

More