बाल सुधार गृहबाट तीन जना बालक फरार

काठमाडाैं, बैशाख ३० ।
बाल सुधार गृहमा बस्दै आएका तीन जना बालक फरार भएका छ्न् ।
विराटनगर-३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना बालबिज्याइँकर्ता फरार भएका हुन् ।
उनीहरू जबरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाँय भोगिरहेका थिए ।
फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू हुन् । बाल सुधार गृहका प्रमुख मिलन चौहानकाअनुसार फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाँय सुनाएको थियो, जसको तीन वर्ष उनी सुधार गृहमै बिताइ सकेका थिए ।
प्रतिक्रिया