कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद् मायाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार १७:४६


काठमाडाैं, बैशाख ३० ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद् माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालय बबरमहलले आज मङ्गलवार पूरक अभियोजनमार्फत् राईसहितका व्यक्तिलाई प्रतिवादी बनाएर सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।

यसअघि, राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि प्रहरीले १३ बैशाखमा कपनबाट उनलाई पक्राउ गरेको थियो । यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । लामिछाने धरौटीमा रिहा भएका छन् । राईविरुद्ध १७ दिनको अनुसन्धानपछि मुद्दा दायर भएको छ । जसमा १ अर्ब १९ करोड ३० लाख बिगो माग दाबीसमेत गरिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....